मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तुइन खोलामा फेरि पहिरो, नारायणगढ–मुग्लिन सडक बन्द

1.8K
SHARES
तुइन खोलामा फेरि पहिरो, नारायणगढ–मुग्लिन सडक बन्द

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः पहिरोले अवरुद्ध भएको छ । आइतबार बिहान करिब ११ः३० बजे तुइन खोलामा पहिरो खस्दै सडक पूर्णरूपमा बन्द भएको बागमती प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले जनाएको छ ।

गत शुक्रबार रातिदेखि सञ्चालनमा आएको सो सडक केही दिनमै फेरि बन्द भएको हो । पहिरोका कारण यातायात पुनः रोकिँदा यात्रु र सवारी चालकहरूमा समस्या सिर्जना भएको छ ।

रामनगरका एसपी डिल्ली नारायण पाण्डेका अनुसार ठूलो परिमाणमा माटो र ढुंगामाटो सडकमा थुप्रिएको छ । “माटो पन्छाउन कम्तिमा चार घण्टा समय लाग्ने देखिन्छ,” उनले बताए ।

यसअघि भदौ महिनामा मात्रै नारायणगढ–मुग्लिन खण्डमा १५ पटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो । मंगलबार गएको ठूलो पहिरो हटाउन सातवटा मेसिन प्रयोग गरी शुक्रबार राति मात्र सडक खुलाइएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १३, सोमबार ०७:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP