मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कमलविनायकमा सवारी दुर्घटना: स्कुटर चालकको मृत्यु

1.6K
SHARES
कमलविनायकमा सवारी दुर्घटना: स्कुटर चालकको मृत्यु

भक्तपुर । भक्तपुरको कमलविनायक बसपार्क नजिकै भएको सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा लड्दा सोही दिशाबाट आइरहेको बागमती प्रदेश ०२–०२० प ११६८ नम्बरको स्कुटरसँग ठोक्किएको थियो । त्यसपछि पछाडिबाट आएको प्रदेश ३–०१–००३ क ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–८ निवासी २६ वर्षीय बिमल वनमालाको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।

त्यसैगरी, मोटरसाइकल चालक भक्तपुर नगरपालिका–७ इनाचोकका २४ वर्षीय राजेश वनमाला घाइते भएका छन् । उनको ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ । दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन प्रहरी वृत्त जगातीमा राखिएको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १५, बिहीबार ०८:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP