मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओलीसहित पाँच जनालाई विदेश जान रोक, उपत्यका छाड्न आयोगको अनुमति अनिवार्य

2K
SHARES
ओलीसहित पाँच जनालाई विदेश जान रोक, उपत्यका छाड्न आयोगको अनुमति अनिवार्य

काठमाडौं । भदौ २३ र २४ गतेका घटनासम्बन्धी न्यायिक जाँचबुझ आयोगले तत्कालीन शीर्ष जिम्मेवार पाँच व्यक्तिमाथि विदेश यात्रामा रोक लगाउने निर्णय गरेको छ । आयोगको सचिवालयबाट असोज १२ गते जारी गरिएको प्रेस विज्ञप्तिमा उनीहरूलाई काठमाडौं उपत्यका छाड्नसमेत आयोगको स्वीकृति अनिवार्य हुने उल्लेख छ ।

आयोगले अनुसन्धानको दायरामा रहेका व्यक्तिहरू छानबिनका लागि कुनै पनि समयमा उपस्थित हुनुपर्ने भएकाले विदेश भ्रमण रोक लगाउन तथा स्वीकृतिबेगर उपत्यका नछाड्‍ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

यात्रा रोकिएको सूचीमा रहेका पाँच व्यक्तिहरुमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल छन् ।

प्रेस विज्ञप्तिअनुसार आयोगले आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्नेछ ।

यसबाहेक, भदौ २३ र २४ का घटनाहरूको प्रभावकारी छानबिन र प्रतिवेदन तयारीका लागि आयोगले थप जनशक्ति आवश्यक रहेको निष्कर्ष निकालेको छ । प्रभावकारी कार्यसम्पादनका लागि गृह मन्त्रालयलाई विज्ञसहितको जनशक्ति उपलब्ध गराउन पत्र पठाइने निर्णय पनि गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १२, आईतवार १२:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP