मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले ११औँ महाधिवेशन: ओली प्यानलको वर्चस्व, केही पदमा इतर समूहको जित

2.4K
SHARES
एमाले ११औँ महाधिवेशन: ओली प्यानलको वर्चस्व, केही पदमा इतर समूहको जित

काठमान्डु । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलले अधिकांश पदमा स्पष्ट बहुमतसहित जित हासिल गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पदाधिकारी पदको निर्वाचन परिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलले अधिकांश पदमा स्पष्ट बहुमतसहित जित हासिल गरेको छ ।

अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई ठूलो मतान्तरले पराजित गर्दै पुनः नेतृत्व सुरक्षित गरेका छन् । महासचिव पदमा भने प्रतिस्पर्धा अपेक्षाकृत कडा भए पनि संस्थापन पक्षकै शंकर पोखरेल दुई सयभन्दा बढी मतको अन्तरले विजयी बनेका छन् ।

यद्यपि, सबै पदमा संस्थापन पक्षले सफलता पाएको छैन । उपाध्यक्ष पदमा गोकर्ण विष्ट र उपमहासचिव पदमा योगेश भट्टराईले संस्थापन इतर प्यानलबाट विजयी हुँदै सन्तुलनको संकेत दिएका छन् ।

निर्वाचन परिणामअनुसार १९ सदस्यीय पदाधिकारी टिममध्ये १७ जना अध्यक्ष ओली पक्षका उम्मेदवार निर्वाचित भएका छन्, जसले पार्टीभित्र संस्थापन समूहको बलियो पकड देखाएको छ ।

निर्वाचित पदाधिकारीको सूची
अध्यक्ष
केपी शर्मा ओली

उपाध्यक्ष
पृथ्वी सुब्बा गुरुङ
विष्णु पौडेल
रामबहादुर थापा ‘बादल’
गोकर्ण विष्ट
रघुजी पन्त

महासचिव
शंकर पोखरेल

उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई

सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ३, बिहीबार १०:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP