मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रामेछापमा सेनाको गोली प्रहारमा २ कैदीको मृत्यु, १० घाइते

1.3K
SHARES
रामेछापमा सेनाको गोली प्रहारमा २ कैदीको मृत्यु, १० घाइते

मन्थली । रामेछापस्थित मन्थली कारागारमा बिहीबार बिहान भएको असामान्य घटनामा भाग्ने प्रयास गरेका कैदीमाथि नेपाली सेनाले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते छन् भने अन्य १० जना सामान्य घाइते भएका छन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार बिहीबार बिहान कैदीहरूले विभिन्न च्यानलमा लगाइएको ताल्चा फोडेर कारागारबाट भाग्ने प्रयास गरेका थिए । स्थिति नियन्त्रणबाहिर जान थालेपछि नेपाली सेनाले गोली चलाउन बाध्य भएको हो । सेनाको कारबाहीपछि दुई कैदीको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।

घाइतेमध्ये गम्भीर अवस्थाका एक जनालाई थप उपचारका लागि तयारी भइरहेको जनाइएको छ भने अन्य १० जनाको रामेछाप अस्पतालमा उपचार जारी छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २६, बिहीबार ०५:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP