मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

असाधारण परिस्थितिमा नयाँ राजनीतिक पहलको आवश्यकता : प्रचण्ड

1.4K
SHARES
असाधारण परिस्थितिमा नयाँ राजनीतिक पहलको आवश्यकता : प्रचण्ड

काठमाडौंं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर र असाधारण अवस्थाबाट गुज्रिरहेको बताउँदै पुरानै राजनीतिक शैलीले मात्र वर्तमान चुनौतीहरू समाधान गर्न नसकिने स्पष्ट पारेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको राजनीतिक संकट सामना गर्न नयाँ सोच, नवीन कार्यक्रम र सक्रिय पहल अनिवार्य भएको उल्लेख गरे ।

उनका अनुसार राजनीतिक दलहरूले आत्ममूल्यांकन गर्दै विगतका कमजोरीहरू पहिचान गर्नु अहिलेको मुख्य आवश्यकता हो । “हामी त्यो निष्कर्षमा पुग्यौं कि हाम्रो भागमा परेका कमजोरीहरूलाई समीक्षा गर्नैपर्छ । ती कमजोरी सच्याउँदै रूपान्तरणको बाटोमा अघि बढ्ने संकल्प गरेका छौं,” उनले भने ।

प्रचण्डले देशले भोगिरहेको जटिल परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय एकता बलियो बनाउने र राष्ट्रिय स्वाधीनतालाई थप मजबुत गर्ने उद्देश्यका साथ पार्टी एकताको प्रक्रिया अघि बढाइएको बताए ।

उनले भने, “राष्ट्र जुन असाधारण अवस्थाबाट गुज्रिरहेको छ, त्यस समयमा देशलाई अझ एकताबद्ध बनाउने, राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्ने नयाँ संकल्पसहित पहल गर्नु अपरिहार्य थियो । यही निष्कर्षका आधारमा हामीले पार्टी एकताको प्रक्रिया अघि सारेका हौं ।”



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २९, मंगलवार १४:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP