मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता, असोज २२ मा मतदान

481
SHARES
कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता, असोज २२ मा मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । काठमाडौंको खुलामञ्चमा जारी महाधिवेशनमा केन्द्रीय निर्वाचन समितिले विभिन्न पदका लागि उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारले दरखास्त तथा मनोनयनपत्र दर्ता गर्न सक्नेछन् ।

निर्धारित कार्यतालिकाअनुसार आजै अपराह्न साढे ४ः०० बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन गरिनेछ । त्यसपछि साढे ४ः०० बजेदेखि साढे ५ः०० बजेसम्म उम्मेदवारीविरुद्ध दाबीविरोध दर्ता गर्ने समय तोकिएको छ । साँझ ७ः०० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।

असोज २१ गते बिहान ९ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने त्यसको एक घण्टापछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

नयाँ कार्यसमिति चयनका लागि असोज २२ गते मतदान हुनेछ । बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवन गरी तीन स्थान तोकिएका छन् । बागमती प्रदेशका प्रतिनिधिका लागि राष्ट्रिय सभागृहमा मतदान हुनेछ भने गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले प्रज्ञा भवनबाट मतदान गर्नेछन् ।

त्यसैगरी कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि खुलामञ्चमा मतदान केन्द्र तोकिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २०, मंगलवार ००:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP