मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर निषेधाज्ञा र कर्फ्यु लागूः शान्ति सुरक्षाका लागि सेनाको अपिल

1.7K
SHARES
देशभर निषेधाज्ञा र कर्फ्यु लागूः शान्ति सुरक्षाका लागि सेनाको अपिल

काठमाडौं । हाल देशभर फैलिएको विषम परिस्थितिलाई ध्यानमा राख्दै शान्ति सुरक्षा कायम राख्नका लागि सरकारले आज (भाद्र २५) बेलुका ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ भने त्यसपछि भोलि (भाद्र २६) बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू गरिने भएको छ । नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

विज्ञप्तिमा सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सबै नागरिकको सहयोग आवश्यक रहेको बताएको छ ।

सेनाका अनुसार, आन्दोलनको आडमा केही अराजक समूहले हिंसा, तोडफोड, आगजनी, लुटपाट र बलात्कार प्रयासजस्ता गम्भीर आपराधिक गतिविधि गर्ने सम्भावना रहेकाले यस्तो कडा कदम चालिएको हो ।

कर्फ्यु तथा निषेधाज्ञाको समयमा एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू मात्र सञ्चालनमा रहन पाउनेछन् ।

अत्यावश्यक अवस्थामा नजिकैका सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाले आग्रह गरेको छ ।

सेनाले आन्दोलनको नाममा हुने कुनै पनि अराजक गतिविधिलाई दण्डनीय अपराध ठहरिने चेतावनी दिँदै यस्ता कार्यमा संलग्न हुनेहरूमाथि कडा कारबाही गरिने स्पष्ट पारेको छ ।

यस्तै, सेनाले सबै नागरिकलाई अफवाहबाट जोगिन, आधिकारिक सूचना मात्र विश्वास गर्न, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न तथा जनजीवन सामान्य बनाउन आ(आफ्नो दायित्व निर्वाह गर्न अनुरोध गरेको छ ।

नेपाली सेनाले कुनै पनि परिस्थितिमा जनताको सुरक्षा र मानवीय उद्धारका लागि सधैं सक्रिय रहने प्रतिबद्धता पनि दोहोर्याएको छ ।

 



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २५, बुधबार ०४:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP