मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नवनियुक्त चार मन्त्रीको आज सपथ, रोकिए मिश्रा

1.7K
SHARES
नवनियुक्त चार मन्त्रीको आज सपथ, रोकिए मिश्रा

काठमाडौं । मन्त्रिपरिषद्‌मा थपिन सिफारिस गरिएका पाँचमध्ये चार जना मन्त्रीले आज सपथ ग्रहण गर्दैछन् । दिउसो २ः०० बजे राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरुले सपथ लिनेछन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच जना मन्त्रीको नाम सिफारिस गरेको थियो । तर, तीमध्ये डाक्टर संगीता मिश्राको नाम होल्डमा परेपछि चार जनाले मात्र आज पद तथा गोपनीयताको सपथ लिन लागेका हुन् ।

पूर्व सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय, भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मदनप्रसाद परियारलाई कृषि मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ भने जगदीश खरेलले सञ्चार मन्त्रालय सम्हाल्ने छन् ।

डाक्टर संगीता मिश्रालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएकोमा उनको नाम होल्डमा छ । स्वास्थ्य क्षेत्रमा लामो अनुभव बोकेकी डा. मिश्रालाई मन्त्रालयको नेतृत्व दिने तयारी भए पनि उनीमाथि लागेको भ्रष्टाचार मुद्दा विवाद बनेपछि प्रधानमन्त्री सुशीला कार्कीकै निर्देशनमा उनको नाम रोकिएको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रीमण्डल मात्रै सक्रिय थियो । नयाँ चार मन्त्री थपिएपछि मन्त्रिपरिषद विस्तार भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ६, सोमबार ०४:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP