मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘चार वर्षअघिको यात्राले आज रुप लिएको छ, म अत्यन्तै सन्तुष्ट छु’ —गौतम

2.5K
SHARES
‘चार वर्षअघिको यात्राले आज रुप लिएको छ, म अत्यन्तै सन्तुष्ट छु’ —गौतम

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) सँगको एकीकरण घोषणा सभामा बोल्दै आफ्नो राजनीतिक जीवनको एक महत्वपूर्ण सपना पूरा हुन लागेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित सभामा उनले विगत चार वर्षदेखिको प्रयास अब मूर्त रूप लिन लागेको भन्दै गहभरी हर्ष व्यक्त गरे ।

‘आज म केवल खुसी होइन, अत्यन्तै सन्तुष्ट छु,’ गौतमले भावुक स्वरमा भने, ‘चार वर्षअघि सुरू गरेको यात्रा आज नेकपा एकीकृत समाजवादीमा एकीकरण हुँदै पूरा हुँदैछ । त्यो मेरो राजनीतिक जीवनको एउटा सपना थियो ।’
गौतमले आफ्नो राजनीतिक सुरुवात बाल्यकालमै भएको स्मरण गरे । ‘म ७ वर्षको हुँदा कम्युनिस्ट पार्टीको झण्डा उठाएको थिएँ, अहिले म ७७ वर्षको भएँ,’ उनले भने, ‘२ कक्षामा पढ्दा नै झण्डा फहराएको थिएँ ।’

उनी भन्छन्, ‘एसएलसी त थर्ड डिभिजनमा बल्लबल्ल पास गरेको मान्छे हुँ । पार्टीको कार्यमा लागेर १९÷२० वर्ष भूमिगत जीवन बिताएँ, अनेक हन्डर र ठक्कर खाएँ ।’

राजनीतिक जीवनमा आफूले दुई मुख्य संकल्प गरेको उनले स्पष्ट पारे— ‘पहिलो, राजतन्त्रको अन्त्य गर्ने । दोस्रो, टुक्रिएको कम्युनिस्ट आन्दोलनलाई एकतामा ल्याउने । २०७५ सालमा बनेको नेकपा पार्टीले मलाई समाजवादको नजिक पुर्यायो भन्ने लाग्यो, तर त्यो यात्रा अधुरै रह्यो ।’

त्यो एकता भत्किएकोप्रति उनले गहिरो पीडा व्यक्त गरे । ‘२०७५ सालमा एमाले र माओवादी केन्द्रबीचको एकता देख्दा म निकै उत्साहित थिएँ, तर त्यो लामो समय टिक्न सकेन,’ गौतमले भने ।

तर अहिलेको एकीकरणलाई उनले गल्ती सच्याउने नयाँ अवसरका रूपमा हेरेका छन् । ‘यो मेरो जीवनको दोस्रो अवसर हो । अब हामी समाजवादको यात्रामा पुनः अघि बढ्दैछौं, र म चाहन्छु यो प्रयास पूर्ण सफल होस्,’ उनले जोड दिए।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २, शुक्रबार १०:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP