मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपिएल फाइनल आज, सुदूरपश्चिम र लुम्बिनी उपाधिका लागि आमनेसामने

1.8K
SHARES
एनपिएल फाइनल आज, सुदूरपश्चिम र लुम्बिनी उपाधिका लागि आमनेसामने

काठमान्डु । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटको आज उपाधिका भिडन्त हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच च्याम्पियन बन्ने निर्णायक खेल हुन लागेको हो ।

गत सिजन अंक तालिकाको पुछारमा रहेको लुम्बिनी र उपविजेतामै सीमित बनेको सुदूरपश्चिम फाइनलमा पुगेसँगै एनपिएलले यसपटक नयाँ च्याम्पियन पाउने निश्चित भएको छ ।

यस फाइनलसँगै एक खेलाडीले लगातार दोस्रो पटक एनपिएलको उपाधि जित्ने इतिहास बनाउनेछन् । गत सिजन जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउँदा टोलीमा रहेका दुई खेलाडी—लुम्बिनीका स्पिनर शेर मल्ल र सुदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामी—आज एकअर्काविरुद्ध खेल्दैछन् ।

जनकपुरले यो सिजनका लागि रिलिज गरेपछि मिनी अक्सनमार्फत हेमन्तलाई सुदूरपश्चिम र शेरलाई लुम्बिनीले अनुबन्ध गरेका थिए । त्यसैले यी दुईमध्ये एक खेलाडीले लगातार दोस्रो उपाधि जित्ने पक्का छ ।

सुदूरपश्चिमको सशक्त यात्रा
सुदूरपश्चिम रोयल्सले लिग चरणमा ६ खेल जित्दै अंक तालिकाको शीर्ष स्थान पक्का गरेको थियो । अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि पहिलो क्वालिफायरमा पुनः विराटनगरलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।

लुम्बिनीको संघर्षपूर्ण कमब्याक
लुम्बिनी लायन्स भने प्लेअफमा पुग्दा अंक तालिकाको चौथो स्थानमा सीमित थियो । पहिलो खेल जितेपछि लगातार तीन खेल गुमाए पनि लिगका अन्तिम तीन खेल जित्दै लुम्बिनी चौथो स्थानमा पुग्न सफल भयो । त्यसपछि एलिमिनेटरमा काठमान्डु गुर्खाज र दोस्रो क्वालिफायरमा विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।

आजको फाइनलसँगै एनपिएलले नयाँ च्याम्पियन मात्र होइन, नयाँ इतिहास पनि लेख्ने तयारीमा छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २७, शनिबार ०८:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP