मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रचण्डको आरोपः कांग्रेस–एमाले सरकार दलाल र बिचौलियाको धाकधम्कीबाट बनेको हो

1.9K
SHARES
प्रचण्डको आरोपः कांग्रेस–एमाले सरकार दलाल र बिचौलियाको धाकधम्कीबाट बनेको हो

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार दलाल र बिचौलियाको धम्कीबाट बनेको आरोप लगाएका छन् ।

नेपाल उद्योग व्यापार महासंघले पोखरामा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका’ विषयक कार्यक्रममा बोल्दै प्रचण्डले भने, “यो सरकार उनीहरूको बुद्धिले बनेको होइन, दलाल र बिचौलियाको धाकधम्कीबाट बनेको हो । हिजो डरले बनेको, आज पनि डरले टिकेको सरकार हो ।”

कांग्रेस–एमालेमाथि दलाल पुँजीवादको प्रतिनिधित्वको आरोप
प्रचण्डका अनुसार अहिले दलाल पुँजीवादको प्रतिनिधि कांग्रेस र एमाले बनेका छन्, भने माओवादी केन्द्र त्यसको वैकल्पिक शक्ति हो । “हामी मध्यम वर्गकै प्रतिनिधि हौं। ऋण मिनाहा, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो,” उनले स्पष्ट पारे ।

उनले सहकारी क्षेत्रमा ठगी गर्नेहरूलाई कारबाही गर्न शक्तिशाली प्राधिकरण बनाउन खोज्दा नै सरकार ढालिएको दाबी पनि गरे ।

‘परिवर्तनको लडाइँ अझै बाँकी’
संविधान निर्माणमा माओवादीको भूमिका निर्णायक रहेको उल्लेख गर्दै प्रचण्डले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा अझै संरचनात्मक परिवर्तन गर्न नसकिएको स्वीकार गरे । “परिवर्तनको लडाइँ अझै बाँकी छ,” उनले जोड दिए ।

उनका अनुसार माओवादी घटक र इमानदार कम्युनिष्टबीच एकता बढ्दै गएको छ । “जनताले माओवादीलाई फेरि विश्वास गर्न थालेका छन्, त्यसैले नसोचेका ठाउँमा पनि हामीले जितिरहेका छौं,” उनले दाबी गरे ।

कार्यक्रममा नेताहरूको सहभागिता
कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’, स्थायी समिति सदस्य शशी श्रेष्ठ, महासंघका इन्चार्ज गंगा कार्की र गण्डकी प्रदेशका नेताहरूको समेत उपस्थिति रहेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २१, शनिबार ११:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP