मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाँच मतको अन्तरले ओखलढुंगामा रास्वपाका पोखरेल विजयी

754
SHARES
पाँच मतको अन्तरले ओखलढुंगामा रास्वपाका पोखरेल विजयी

ओखलढुंगा । प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पोखरेल विजयी भएका छन् । पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दै जित हात पारेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइटेलले १३ हजार ९४८ मत पाएका छन् । यी दुईबीचको मतान्तर मात्र ५ रहेको छ ।

निर्वाचन परिणामअनुसार तेस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अम्बिरबाबु गुरुङ रहेका छन् । उनले ११ हजार २९६ मत प्राप्त गरेका छन् । चौथो स्थानमा एमालेकी अस्मिता थापा रहिन् । उनले १० हजार ७२० मत पाएकी छन् ।

यसैगरी श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले ३ हजार ८५८, उज्यालो नेपाल पार्टीका किशोरी कार्कीले ९६५, मंगोल नेशनल अर्गनाइजेशनका वजेन्द्र राईले २२३ तथा राप्रपाका डिकप्रसाद बास्तोलाले १७८ मत प्राप्त गरेका छन् ।

निर्वाचित पोखरेल नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २४, आईतवार ०७:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP