मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज दुवै सदनको बैठक, विभिन्न विधेयकमा छलफल हुँदै

585
SHARES
आज दुवै सदनको बैठक, विभिन्न विधेयकमा छलफल हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे तथा राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजे सिंहदरबारमा बस्नेछ ।

प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । साथै, उनले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछिन् ।

बैठकमा संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पनि पेस गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उता, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

आजका दुबै सदनका बैठकबाट विभिन्न विधेयक अघि बढ्नुका साथै कानुन निर्माणसम्बन्धी प्रक्रिया थप अगाडि बढ्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ९, मंगलवार ००:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP