मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाँचथरमा हराएका दुई दाजुभाइको शव बिरुवा खोलामा फेला

2.3K
SHARES
पाँचथरमा हराएका दुई दाजुभाइको शव बिरुवा खोलामा फेला

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुबाट ६ दिनअघि बेपत्ता भएका एकै परिवारका दुई बालबालिका मृत फेला परेका छन् ।

स्थानीय बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर राई र ४ वर्षीया छोरी नानुमा राईको शव मंगलबार बिहान बिरुवा खोलाको बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी रुपेश तामाङका अनुसार, घरबाट करिब सात किलोमिटर टाढा खोलाको किनारमा दुईसय मिटरको फरकमा दाजु–बहिनीको शव भेटिएको हो । घटनास्थलमा प्रहरी निरीक्षक खेमराज घिमिरेको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ ।

शिशिर र नानुमा यही साउन १५ गतेदेखि बेपत्ता थिए । उनीहरूको खोजीमा परिवार, स्थानीयवासी, प्रहरी र जनप्रतिनिधिहरू निरन्तर खटिएका थिए । हराएको साँझदेखि नै जंगल, खोलापारि, नदी किनारलगायत क्षेत्रहरूमा खोजी गरिएको थियो ।

साविक च्याङथापु–१ र ८ को सीमाबाट बग्ने बिरुवा खोलामै दुवै बालबालिकाको शव फेला परेको वडा अध्यक्ष राजेन्द्र खालिङ राईले पुष्टि गरेका छन् ।

शवहरूलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २०, मंगलवार ०६:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP