मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले सचिवालय बैठक आज पनि जारी, संगठन र निर्वाचन रणनीतिमा केन्द्रित छलफल

2.1K
SHARES
एमाले सचिवालय बैठक आज पनि जारी, संगठन र निर्वाचन रणनीतिमा केन्द्रित छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि जारी रहने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बिहान ११ः३० बजे बस्ने बैठकमा पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी निर्वाचनको तयारीबारे विस्तृत छलफल हुने जनाइएको छ ।

हिजो सुरु भएको बैठकमा पाँच जना उपाध्यक्षहरूले पार्टी गतिविधि, सरकारको कामकारबाही तथा जनस्तरमा पार्टीको अवस्थाबारे समीक्षात्मक धारणा राखेका थिए । उनीहरूको प्रस्तुतिपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

पार्टीका उपमहासचिव लेखराज भट्टले बैठकमा पार्टीको समग्र राजनीतिक परिस्थिति, संगठनात्मक अवस्था र आगामी निर्वाचनलाई लक्षित रणनीतिबारे गम्भीर छलफल भएको जानकारी दिएका छन् । उनका अनुसार बैठकले आगामी दिनमा पार्टीलाई अझ सक्रिय र व्यवस्थित बनाउने दिशामा निर्णय लिन सक्ने अपेक्षा गरिएको छ ।

आजको बैठकमा एमालेका १२ जना पदाधिकारीले धारणा राख्ने कार्यसूची तय गरिएको छ । नेताहरूले पार्टीभित्रको जिम्मेवारी बाँडफाँट, जनसंगठनको परिचालन तथा स्थानीय तहदेखि केन्द्रसम्मको संगठन विस्तारका विषयमा सुझाव प्रस्तुत गर्ने तयारी गरिएको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ९, शनिबार ०१:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP