मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शिक्षा मन्त्री बनेपछि महावीर पुनको सादा जीवनशैलीः ‘क्वार्टर र सुरक्षा केही चाहिँदैन’

3.1K
SHARES
शिक्षा मन्त्री बनेपछि महावीर पुनको सादा जीवनशैलीः ‘क्वार्टर र सुरक्षा केही चाहिँदैन’

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्ले देशभरिका युवाहरूको माग र दबाबपछि पुनलाई मन्त्री नियुक्त गरेको हो ।

सिंहदरबार पुगेर मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पुनले आफू भिन्न ढंगबाट काम गर्ने संकेत दिएका छन् । उनले मन्त्रीका लागि प्रचलित विशेष सुविधा र शानो–सौकतका कुरा अस्वीकार गर्दै जनताको सेवा गर्न सादा जीवनशैली अपनाउने बताएका छन् ।

‘मन्त्री हुँ भनेर विलासिताको जीवन चाहिँदैन’
पुनले भने, “मलाई सरकारी क्वार्टरको आवश्यकता छैन। वीरगञ्जमा हुँदा कृषि औजार कारखानामा बसेँ, काठमाडौँमा हुँदा आविष्कार केन्द्रमै बसेँ । अब मन्त्री भएको छु, मन्त्रालयमै एउटा कोठा, कुर्सी र टेबल भए पुग्छ ।”

उनले सरकारी गाडी र सुरक्षा सुविधा पनि आफूले नलिने बताए । “म आफैं पकाएर खान्छु, सुत्ने खाट र किचेन भए पुग्छ”, उनले स्पष्ट पारे, “मन्त्रालयको कामका लागि मात्रै सरकारी गाडी चलाउनेछु, व्यक्तिगत काममा प्रयोग गर्नेछैन ।”

सुरक्षामा पनि अस्वीकृति
पुनले व्यक्तिगत सुरक्षा चाहिएको छैन भन्दै सेना–प्रहरीको सुरक्षा साथ पनि अस्वीकार गरेका छन् । “मन्त्रालयमा हुँदा सुरक्षाकर्मीहरू रहनेछन्, तर म बाहिर जाँदा मलाई पछ्याउन नआउन भनिसकेको छु”, उनले बताए ।

उनको यो निर्णयलाई धेरैले सकारात्मक रूपमा लिँदै जनप्रतिनिधिका रूपमा नयाँ संस्कारको सुरुवात भएको भन्दै स्वागत गरेका छन् । मन्त्री पुनको यस्तो अभिव्यक्तिले सत्ता र सेवाभित्रको भिन्न सोचलाई उजागर गरेको विश्लेषण भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ६, सोमबार १५:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP