मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्पिन आक्रमणको कहर, ओमानमाथि ८७ रनको शानदार जितसँगै फाइनलमा नेपाल

247
SHARES
स्पिन आक्रमणको कहर, ओमानमाथि ८७ रनको शानदार जितसँगै फाइनलमा नेपाल

काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । नेपालको जितमा स्पिन बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि ओमान सामान्य लक्ष्य पछ्याउँदै पनि धराशायी बनेको हो ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमै ६० रनमा अलआउट भयो । ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ रन बनाउँदा जितेन रामानन्दीले १३ रन जोडे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको बलिङमा कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन–तीन विकेट लिए । रोहित पौडेल र ललित राजवंशीले समान दुई–दुई विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो । सुरुआत निकै कमजोर रहे पनि दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याए ।

दीपेन्द्रले सर्वाधिक ५१ रन बनाए भने बसिरले ४७ रनको योगदान दिए । नेपाल ३६ रनमा चार विकेट गुमाएर दबाबमा परेको अवस्थामा यी दुईले पाँचौँ विकेटका लागि ९३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए ।

ओमानका जय ओडेडराले १० ओभरमा २६ रन खर्चेर तीन विकेट लिए । हस्नैन शाहले पनि ८.४ ओभरमा २८ रन दिँदै तीन विकेट हात पारे । मुहम्मद इमरानले दुई विकेट लिए भने शकील अहमद र मुजिबुर अलीले समान एक–एक विकेट लिए ।

यो जितसँगै नेपाल उपाधिका लागि यूएईसँग भिड्ने भएको छ । फाइनल खेल शनिबार हुनेछ । फाइनलमा जित हात पारे नेपाल एसिया कपमा छनोट हुनेछ ।

यद्यपि सेमिफाइनल जितेसँगै नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा भने आफ्नो स्थान पक्का गरिसकेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २५, बिहीबार ०७:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP