मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनसुनी प्रभाव कायमै, बागमतीसहित चार प्रदेशमा भारी वर्षाको जोखिम

1.1K
SHARES
मनसुनी प्रभाव कायमै, बागमतीसहित चार प्रदेशमा भारी वर्षाको जोखिम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश भूभागमा बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदरभन्दा उत्तरमा नेपालनजिक रहेको छ ।

हाल कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली छ । मधेस प्रदेश तथा गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकीका एक–दुई स्थानमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै, मधेससहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुनसक्नेछ ।

महाशाखाले बागमती, गण्डकी र कर्णालीका पहाडी भूभाग तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाएको छ ।

राति हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली र तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ । हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तथा मधेससहित कोशी र बागमतीका तराई क्षेत्रमा पनि मध्यम वर्षाको सम्भावना छ ।

रातिको समयमा बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

भारी वर्षाको सम्भावना भएका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा असर पर्नसक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ३०, शनिबार ००:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP