मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मलेसियामाथि नेपालको सानदार जित, टी–२० सिरिज २–२ को बराबरीमा

4.3K
SHARES
मलेसियामाथि नेपालको सानदार जित, टी–२० सिरिज २–२ को बराबरीमा

काठमाडौं । मलेसियासँगको पाँच खेलको अन्तर्राष्ट्रिय महिला टी–२० शृङ्खलाको चौथो खेलमा नेपालले शानदार प्रदर्शन गर्दै ६ विकेटको जित दर्ता गरेको छ । यो जितसँगै नेपालले सिरिजमा २–२ को बराबरी कायम गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ५ विकेट गुमाउँदै २० ओभरमा १११ रन बनाएको थियो । टोलीका लागि मास एलिसा सर्वाधिक रन बनाउने खेलाडी भइन् । उनले ६३ बल खेल्दै ५६ रनको योगदान दिइन् ।

नेपालका लागि कविता कुँवरले उत्कृष्ट बलिङ गर्दै १० रन मात्र खर्चेर ३ विकेट लिइन् । त्यस्तै, पूजा महतो र कविता जोशीले एक–एक विकेट हात पारे ।

११२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १७ ओभर ३ बलमा ४ विकेटको क्षतिमा ११५ रन बनाउँदै सहज जित हात पार्‍यो । कप्तान इन्दु बर्माले नटआउट ४८ रनको महत्वपूर्ण योगदान दिइन् भने रुबिना क्षेत्रीले २३ रन बनाएर कप्तानसँग सशक्त साझेदारी गर्दै जित सुनिश्चित गरिन् ।

मलेसियाका लागि आइन्ना हामीजाह, नूर दानियाँ र माहिराले एक–एक विकेट लिएका थिए ।

यसअघि, पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले जितेको थियो । तेस्रो खेलमा नेपाल १३ रनले पराजित भए पनि चौथो खेलमा शानदार पुनरागमन गर्दै श्रृङ्खला बराबरीमा ल्याएको हो ।

अब पाँचौं तथा निर्णायक खेल बुधबार हुनेछ, जसले श्रृङ्खलाको विजेता तय गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २१, मंगलवार १२:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP