मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

४६ जिल्लामा आकस्मिक बाढीको जोखिम, जल तथा मौसम विभागको पहेँलो चेतावनी

2.7K
SHARES
४६ जिल्लामा आकस्मिक बाढीको जोखिम, जल तथा मौसम विभागको पहेँलो चेतावनी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन २७, मंगलबार) का लागि ४६ जिल्लामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै पहेँलो चेतावनी जारी गरेको छ ।

महाशाखाका अनुसार बिहानको मापनमा कोसी नदीका सहायक नदीहरू सतर्कता तह आसपासमा छन् । नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तल भए पनि बढ्ने सम्भावना देखिएको छ ।

इलाम, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, पर्सा, बारा, डोल्पा, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रमा बहने साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको छ ।

ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिरहा, सप्तरी, रौतहट, सर्लाही, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, लमजुङ, पर्वत, बागलुङ, म्याग्दी, प्युठान, बर्दिया, रुपन्देही, नवलपरासी–पश्चिम, डडेलधुरा, डोटी, बैतडी र आसपासका जिल्लामा मध्यम सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उल्लिखित जिल्लाका बासिन्दालाई बाढीको सम्भावित प्रभावबाट जोगिन सतर्क रहन, नदी किनार क्षेत्र टाढा बस्न र आकस्मिक परिस्थितिका लागि तयारी अवस्थामा रहन विभागले आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २७, मंगलवार ०५:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP