मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

असोज १ देखि बिपी राजमार्ग २४ घण्टा सञ्चालन हुने

1.6K
SHARES
असोज १ देखि बिपी राजमार्ग २४ घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक । मनसुन अवधिमा राति सवारी आवागमनमा रोक लगाइएको बिपी राजमार्ग असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले यात्रुको सहजता, चाडपर्व नजिकिएको समय र मनसुन क्रमशः बाहिरिने अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो । समितिका अनुसार, सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत कार्ययोजनाअनुसार राजमार्ग सञ्चालन हुनेछ ।

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ कि गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको थियो । मनसुनमा जोखिम उच्च देखिएकाले राति निजी तथा सार्वजनिक दुवै प्रकारका सवारीसाधनलाई राजमार्ग प्रयोग गर्न निषेध गरिएको थियो ।

यसअघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिहरूले संयुक्त रूपमा असार ७ गतेदेखि राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म, र साउन महिनाभर साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३१, मंगलवार ०४:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP