मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजीनामा दिए मन्त्री राजकुमार गुप्ताले

2.8K
SHARES
राजीनामा दिए मन्त्री राजकुमार गुप्ताले

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् । ७८ लाख रुपैयाँ घुस प्रकरणमा संलग्न भएको आरोपपछि चर्किएको विवादका बीच उनले पदबाट सञ्ञात हुने निर्णय लिएका हुन् ।

गुप्ताले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, आफूमाथि उठेका आरोपहरूको निष्पक्ष अनुसन्धान होस् भन्ने उद्देश्यले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको उल्लेख गरेका छन् ।

‘केही दिनयता मेरो नाम घुस प्रकरणसँग जोडेर व्यापक प्रचार गरिएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यही परिस्थितिको सिकार भएको छु । सत्य बाहिर ल्याउन अनुसन्धानको मार्ग खुलोस् भनेर राजीनामा दिएको छु।’

गुप्ताले आफू प्रविधिको सहायतामा योजनाबद्ध तरिकाले फसाइएको दाबी समेत गरेका छन् ।

साथै, पदबाट हटेपछि उनले अब पार्टीले दिएको जिम्मेवारी जनताप्रति इमान्दारिताका साथ पूरा गर्ने बताएका छन् ।

सरुवा र नियुक्तिमा घुसको बार्गेनिङ भएको भन्दै सार्वजनिक भएको अडियोपछि उनी आलोचनाको घेरामा आएका थिए । यसपछि चौतर्फी दवाबका बीच अन्ततः उनले राजीनामा दिएका हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ३१, मंगलवार ०७:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP