मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपाधिका लागि आज नेपाल र यूएई आमनेसामने

2.5K
SHARES
उपाधिका लागि आज नेपाल र यूएई आमनेसामने

काठमान्डु । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा नेपाल आज आयोजक यूएईसँग उपाधि भिडन्तमा उत्रिँदैछ । अजमानको करवान मैदानमा बिहान १०ः३० बजे हुने फाइनलमा नेपाल उपाधि जित्ने लक्ष्यसहित खेल मैदानमा उत्रिनेछ ।

नेपालले सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै शीर्ष प्रतिस्पर्धामा स्थान सुरक्षित गरेको हो । त्यस्तै, यूएईले ओमानलाई ८ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको छ ।

यो प्रतियोगिताको फाइनल पुग्ने दुवै टिम यू–१९ एसिया कपका लागि पहिल्यै छनोट भइसकेका छन् । नियमानुसार, उपाधि भिडन्तमा प्रवेश गर्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने व्यवस्था रहेको छ ।

सेमिफाइनलमा पराजित मलेसिया र ओमान भने आजै तेस्रो स्थानका लागि भिड्ने छन् । तेस्रो हुने टोलीले पनि एसिया कपमा स्थान पाउनेछ ।

कुल १४ टोली सहभागी रहेको यो यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै आयोजना हुनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १५, सोमबार ०१:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP