मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मन्त्री घिसिङको आश्वासनपछि बञ्चरेडाँडाको अवरोध खुल्यो, १५ दिनभित्र सम्बोधन गर्ने लिखित प्रतिबद्धता

2.5K
SHARES
मन्त्री घिसिङको आश्वासनपछि बञ्चरेडाँडाको अवरोध खुल्यो, १५ दिनभित्र सम्बोधन गर्ने लिखित प्रतिबद्धता

काठमाडौं । चार दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पुनः सुरु भएको छ । आइतबार सहरी विकासमन्त्री कुलमान घिसिङको टोलीले बञ्चरेडाँडामा पुगेर स्थानीयको माग १५ दिनभित्र सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि फोहोर फाल्ने अनुमति खुलेको हो ।

ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंका अनुसार मन्त्री घिसिङले प्रत्यक्ष छलफलका क्रममा स्थानीयको माग पूरा गर्ने वाचा गरेपछि फोहोर फाल्न अनुमति दिइएको हो । “मन्त्रीज्यूले ‘१५ दिनभित्र माग सम्बोधन नगरे रोक्नुस्, अहिले नरोकिनुस्’ भनेर आश्वासन दिनुभयो,” बजगाईंले भने, “त्यसपछि रोकिएका गाडीहरू बञ्चरेडाँडातर्फ पुग्न थालेका छन् ।”

मन्त्री घिसिङसहित काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वातावरण विभाग प्रमुख सरिता राई र अन्य अधिकारीहरूको टोली आइतबार बिहानै स्थलगत अनुगमनका लागि बञ्चरेडाँडा पुगेका थिए ।

स्थानीयवासीहरूले २०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै फोहोर बिसर्जन अवरुद्ध गरेका थिए । संघीय सरकार र काठमाडौं महानगरपालिकाले सम्झौताका बुँदामा बेवास्ता गरेको आरोप उनीहरूको थियो ।

गत शुक्रबार सहरी विकास मन्त्रालयमा छलफल भए पनि सहमति नजुटेपछि शनिबारदेखि फोहोर उठाउन रोकिएको थियो । काठमाडौं महानगरपालिकासहित उपत्यकाका अन्य स्थानीय तहहरूबाट दैनिक करिब १५० गाडी फोहोर बञ्चरेडाँडातर्फ लैजान गरिन्छ ।

ल्याण्डफिल साइटको प्रभाव क्षेत्र नुवाकोटको ककनी गाउँपालिका, बेलकोटगढी नगरपालिका र धादिङको धुनवेशी नगरपालिकाका बासिन्दा हुन् । ती स्थानीयहरू लामो समयदेखि दुर्गन्ध, धुलो र सरसफाइ समस्याबाट प्रभावित हुँदै आएका छन् ।

सरकारले अब १५ दिनभित्र सम्झौता कार्यान्वयनका बुँदा पूरा गर्ने तयारी थालेको जनाएको छ । सहरी विकास मन्त्रालयका एक अधिकारीका अनुसार स्थायी समाधानका लागि प्राविधिक, सामाजिक र पूर्वाधार सुधारका काम तत्काल सुरु गरिने छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १६, आईतवार ०६:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP