मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पोकलीमा फागुन १ देखि खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता

1.4K
SHARES
पोकलीमा फागुन १ देखि खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता

खिजीदेम्बा । ओखलढुङ्गास्थित लिखु गाउँपालिका–९ पोकलीमा आगामी फागुन १ गतेदेखि खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । हिमचुली जनजागरण युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

प्रतियोगितामा विजेता टिमले नगद ७० हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टिमलाई नगद ५० हजार ५५५ रुपैयाँ तथा तेस्रो हुने टिमलाई नगद ३० हजार ३३३ रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । चौथो स्थानमा रहने टिमले सान्त्वना स्वरूप नगद १० हजार १११ रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछ ।

आयोजकका अनुसार प्रतियोगिताको विधागततर्फ उत्कृष्ट खेलाडीलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट सेटर, स्पाइकर, लिब्रो, ब्लकर, सर्भर र उत्कृष्ट कोचलाई जनही नगद २ हजार रुपैयाँ दिइनेछ ।

स्थानीयस्तरमा खेलाडी उत्पादनलाई प्रोत्साहन गर्नुका साथै सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश पोकली झरनाको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । पोकली झरनाको काखमा हुने प्रतियोगितामा सहभागी खेलाडी तथा दर्शकले खेलसँगै झरनाको प्राकृतिक सौन्दर्य अवलोकन गर्न सक्ने आयोजकको भनाइ छ ।

तीन दिनसम्म चल्ने प्रतियोगिता जनजीवन माध्यमिक विद्यालयको प्राङ्गणमा हुनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २२, बिहीबार ०९:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP