मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नवगठित नेकपाको १३८ सदस्यीय केन्द्रीय समिति सार्वजनिक, शीर्ष नेतादेखि नयाँ नामसम्म समावेश

2.7K
SHARES
नवगठित नेकपाको १३८ सदस्यीय केन्द्रीय समिति सार्वजनिक, शीर्ष नेतादेखि नयाँ नामसम्म समावेश

काठमाडौं । दसवटा वामपन्थी दलको एकीकरणपछि बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १३८ सदस्यीय केन्द्रीय समितिको सूची बाहिरिएको छ । कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलबीच घोषणा गरिएको एकतापछि एउटै संरचना निर्माणका क्रममा तयार पारिएको नामावली निर्वाचन आयोगमा पेस गरिएको हो ।

पार्टी संयोजकमा पूर्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सह–संयोजकमा पूर्व एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल तोकिएका छन् । आयोगमा पठाइएको नामावलीमा तेस्रो नम्बरमा झलनाथ खनाल, चौंथोमा बामदेव गौतम, पाँचौँमा नारायणकाजी श्रेष्ठ, छैटौँमा अग्निप्रसाद सापकोटा, सातौँमा कृष्णबहादुर महरा, आठौँमा जगन्नाथ खतिवडा, नवौँमा जयन्तीदेवी राई र दशौँमा डा. बेदुराम भुसाल रहेका छन् ।

नामावलीको अन्तिम अर्थात १३८औँ स्थानमा माओवादी नेतृ तथा प्रचण्डकी बुहारी विना मगरको नाम रहेको छ । समग्र समितिमा करिब ३३ प्रतिशत महिलाको प्रतिनिधित्व रहने व्यवस्था गरिएको पार्टी स्रोतले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २८, शुक्रबार ०८:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP