मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तुइन खोलामा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

2.8K
SHARES
तुइन खोलामा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा खसेको ठूलो पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार राति १०ः३५ बजेदेखि सडक दुईतर्फी रूपमा खुलाइएको हो ।

उक्त सडकखण्ड यही असोज ७ गते मंगलबार साँझ करिब ४ः३० बजेबाट पूर्णरूपमा अवरुद्ध भएको थियो । पहिरो हटाउने काम बुधबार बिहान मात्र सुरु गरिएको थियो भने बिहीबार साँझसम्म पनि काम नसकिएपछि फ्लडलाइटको सहायतामा निरन्तर कार्य गरिएको थियो ।

१६० मिटर क्षेत्रमा फैलिएको पहिरो हटाउन पाँच वटा भन्दा बढी डोजर प्रयोग गरिएको थियो । यो सडकखण्डमा निरन्तरको अवरोधले यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भएको थियो ।

काठमाडौंलाई तराईसँग जोड्ने मुख्य लाइफलाइनको रूपमा रहेको यस राजमार्गमा चाडपर्वको समयमा भएको अवरोधले यात्रुहरू सडकमा अलपत्र परेका थिए ।

तुइन खोला नजिक यसअघि पनि पटक–पटक पहिरो खस्ने घटना भएका थिए । यद्यपि, अहिले सडक सञ्चालनमा आएपछि अब पुनः पहिरो नखसे यात्रा सहज हुने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १०, शुक्रबार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP