मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालमा पनि बंगलादेशजस्तै चुनावी परिणाम आउन सक्छ : ओली

923
SHARES
नेपालमा पनि बंगलादेशजस्तै चुनावी परिणाम आउन सक्छ : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा पनि बंगलादेशको जस्तै चुनावी नतिजा दोहोरिन सक्ने दाबी गरेका छन् । आइतबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले नेपालको आगामी निर्वाचनलाई बंगलादेशको पछिल्लो चुनावसँग तुलना गरे ।

बंगलादेशमा आन्दोलनबाट आएको नयाँ दलले जम्मा ६ सिट मात्र जितेको थियो भने पुराना स्थापित दलहरू नै पुनः बलियो रूपमा उदाएका थिए । त्यस्तै अवस्था नेपालमा पनि देखिन सक्ने उनको संकेत थियो ।

चुनावी अभियानका सिलसिलामा काठमाडांैंबाट आइतबार झापा फर्किएका ओली प्रतिनिधि सभा अन्तर्गत झापा–५ बाट उम्मेदवार छन् । केही दिन काठमाडौंमा बसेपछि पुनः आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय भएका उनले मतदातासँग भेटघाट र गुनासा सुन्ने कार्यक्रमलाई तीव्रता दिने बताए ।

आगामी केही दिन घरदैलो कार्यक्रममार्फत मतदातामाझ पुग्ने तयारी रहेको जानकारी दिँदै ओलीले चुनाव हुने आशा बढेको उल्लेख गरे । “चुनावको वातावरण सरकारले बनाउने हो, हामीले मात्रै घोषणा गरेर हुँदैन,” उनले भने, “अब चुनाव हुन्छ भन्ने विश्वास गरेका छौँ ।”

चुनाव घोषणा भएमा आफ्नो पार्टी पूर्ण रूपमा सहभागी हुने पनि उनले स्पष्ट पारे । “चुनाव हुने भए हामी भाग लिन्छौँ,” ओलीको भनाइ थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ३, आईतवार ०८:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP