मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बहुविवाह प्रकरणमा एमाले नेता शेर्पा कारागार चलान

2.3K
SHARES
बहुविवाह प्रकरणमा एमाले नेता शेर्पा कारागार चलान

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा दोषी ठहर भएपछि डिल्लीबजार कारागार चलान भएका छन् ।

बुधबार अदालतको फैसला कार्यान्वयनका लागि शेर्पालाई अदालतमा पेश गरिएको थियो । अदालतले कारागार पठाउने आदेश दिएपछि उनलाई डिल्लीबजार कारागार लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

शेर्पा मंगलबार धुम्बाराहीबाट पक्राउ परेका थिए । बहुविवाहसम्बन्धी मुद्दामा उनलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको हो ।

उनको विषय एमाले सचिवालयको अघिल्लो बैठकमा पनि उठेको थियो । सचिव योगेश भट्टराईले पार्टीभित्रका सांस्कृतिक विचलनबारे कुरा उठाउँदै शेर्पालाई निलम्बन गर्नुपर्ने सुझाव दिएका थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले उक्त विषयलाई सामान्य ठहर गर्दै निलम्बन नगर्ने अडान लिएका थिए ।

पासाङ शेर्पा विगतमा अशोक राईसँगै रहेर काम गरेका थिए । पछि उनी डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी हुँदै माओवादी केन्द्र र अन्ततः एमालेमा आएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १९, बुधबार ०७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP