मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

585
SHARES

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसका कारण देशका अधिकांश क्षेत्रमा बदलीको अवस्था कायम रहेको छ ।

अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली छाएको छ । केही स्थानमा मध्यम वर्षासमेत भइरहेको छ ।

महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । विशेषगरी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा तथा मधेससहित विभिन्न तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ । साथै तराई र पहाडी जिल्लाका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज राति पनि सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदलीको अवस्था रहने अनुमान छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १६, शनिबार ००:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP