मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अबुधाबी घटनामा घाइते नेपालीहरूको अवस्था सार्वजनिक

1.4K
SHARES
अबुधाबी घटनामा घाइते नेपालीहरूको अवस्था सार्वजनिक

काठमाडौं । नेपाली दुतावास, आबुधावीले संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीको अब्जान क्षेत्रमा शुक्रबार भएको घटनामा घाइते भएका नेपाली नागरिकहरूको अवस्थाबारे जानकारी सार्वजनिक गरेको छ ।

दूतावासका अनुसार उक्त घटनामा ७ जना नेपाली नागरिक घाइते भएका थिए । तीमध्ये ६ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने १ जना गम्भीर घाइतेको रूपमा अस्पतालमै उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको र छिट्टै डिस्चार्ज हुने सम्भावना रहेको जानकारी दिइएको छ ।

दूतावासले सबै घाइतेहरूसँग टेलिफोनमार्फत सम्पर्क गर्नुका साथै ४ जनासँग प्रत्यक्ष भेटघाट गरी अवस्थाबारे जानकारी लिएको जनाएको छ । आवश्यक सहयोग तथा समन्वयका लागि निरन्तर काम भइरहेको पनि उल्लेख गरिएको छ । साथै, संयुक्त अरब इमिरेट्स सरकारले आवश्यक स्वास्थ्य उपचारको व्यवस्था गरिरहेको दूतावासले जनाएको छ ।

हालको परिस्थितिलाई मध्यनजर गर्दै दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई स्थानीय निकायले जारी गरेका सुरक्षा सम्बन्धी निर्देशिकाहरू पालना गर्न र आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २१, शनिबार १४:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP