मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधि सभामा बादलको आरोपः ‘लोकतन्त्रमाथि वालेन्द्रतन्त्रको खतरा’

429
SHARES
प्रतिनिधि सभामा बादलको आरोपः ‘लोकतन्त्रमाथि वालेन्द्रतन्त्रको खतरा’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको वर्तमान सरकारमाथि लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर बनाउँदै अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मुलुकमा लोकतन्त्र अहिले सबैभन्दा ठूलो संकटको चरणमा पुगेको दाबी गरे । रास्वपा नेतृत्वको सरकारका गतिविधिले लोकतान्त्रिक प्रणालीमाथि चुनौती सिर्जना गरेको उनको भनाइ थियो ।

बादलले नेपालको राजनीतिक इतिहास स्मरण गर्दै विभिन्न कालखण्डमा शासन व्यवस्थाको स्वरूप परिवर्तन भएको उल्लेख गरे । उनले २०१७ साललाई ‘महेन्द्रतन्त्र’, २०६१ साललाई ‘ज्ञानेन्द्रतन्त्र’सँग तुलना गर्दै अहिलेको अवस्थालाई ‘बालेन्द्रतन्त्र’को संज्ञा दिए ।

सरकारका निर्णय र कार्यशैलीमा अधिनायकवादी प्रवृत्ति झल्किएको आरोप लगाउँदै उनले लोकतान्त्रिक संस्थाहरूको संरक्षण र संवैधानिक मूल्यको रक्षा गर्न सबै राजनीतिक शक्ति सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ३, बुधबार १०:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP