मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मतपत्र छपाइ अन्तिम चरणमा, २५ जिल्लाको प्याकिङसमेत सकियो

2K
SHARES
मतपत्र छपाइ अन्तिम चरणमा, २५ जिल्लाको प्याकिङसमेत सकियो

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको निर्वाचनका लागि ६० जिल्लाका मतपत्र छपाइको काम पूरा गरेको छ । तीमध्ये २५ जिल्लाका मतपत्र प्याकिङसमेत भइसकेको आयोगले जनाएको छ ।

आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा र अछाम जिल्लाका मतपत्र छपाइ तथा प्याकिङको काम सम्पन्न भइसकेको छ ।

यस्तै, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरीसहित जम्मा २५ जिल्लामा छपाइ र प्याकिङ दुवै प्रक्रिया पूरा भइसकेको आयोगले जानकारी दिएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भने यसअघि नै सम्पन्न भइसकेको छ । उक्त प्रणालीअन्तर्गत कुल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ र रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।

प्रत्यक्ष निर्वाचनतर्फ भने दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्नेमा माघ १६ गतेदेखि छपाइ सुरु गरिएको थियो । साथै, १० लाख ९८ हजार २०० वटा नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रत्यक्षतर्फको मतपत्र छपाइको काम अहिले अन्तिम चरणमा पुगेको छ भने प्याकिङको प्रक्रिया पनि क्रमशः अघि बढिरहेको छ ।

मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २३, शुक्रबार ००:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP