मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘भागेका कैदीबन्दीले गाउँमा बदला लिन सक्छन्, सचेत रहनू’: नेपाल प्रहरी

2.5K
SHARES
‘भागेका कैदीबन्दीले गाउँमा बदला लिन सक्छन्, सचेत रहनू’: नेपाल प्रहरी

काठमाडौं । गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा देशभरिका कारागारबाट फरार भएका कैदीबन्दीमाथि प्रहरीले कडाइका साथ निगरानी गरिरहेको छ । प्रहरीका अनुसार हालसम्म करिब आठ हजार जना कैदी स्वेच्छाले कारागार फर्किएका छन् भने अझै करिब ६ हजार फरार रहेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार दशैँ, तिहार, छठलगायत चाडपर्व नजिकिँदै गर्दा सम्भावित सुरक्षा जोखिमबाट जोगिन सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ । उनका अनुसार भागेकामध्ये केही चोरी, डकैती वा अभद्र आचरणलगायतका गम्भीर मुद्दाका कैदी पनि छन् ।

‘केही व्यक्ति आफूलाई लागेको मुद्दाका कारण गाउँमा गएर बदलाको भावना राख्न सक्छन् । त्यस्ता मान्छे भेटिएमा नागरिकले प्रहरीसमक्ष खबर गर्न सकून् भनी सम्पर्क नम्बरहरू उपलब्ध गराइएको छ,’ प्रवक्ता घिमिरेले बताएका छन् ।

फरार हुनेमध्ये बदलाको आशंकासहितका व्यक्तिको विवरण सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको र त्यस्ता कैदीबाट सम्भावित घटना रोक्न प्रहरी सचेत रहेको उनले जानकारी दिए । उनले भने, ‘कसै–कसैको प्रहरीसँग प्रत्यक्ष सम्पर्क छ भने केही हाम्रो अनुगमनमा छन् । आपराधिक मानसिकताका भएकाले प्रहरी पूर्णरूपमा चनाखो छ ।’

प्रहरीले फरार कैदीबन्दीको खोजी अभियानलाई तिब्रता दिइरहेको छ र उनीहरूको गतिविधिमाथि उच्च निगरानी राखिएको छ । कुनै सूचना प्राप्त भएमा नजिकको सुरक्षानिकायलाई जानकारी गराउन समेत उनले सर्वसाधारणलाई आग्रह गरे ।

सोही क्रममा कारागार व्यवस्थापन विभागले पनि फरार कैदीलाई यही असोज २० गतेभित्र कारागार फर्किन अपिल गरेको छ । केही फरार कैदीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले समातेका छन् भने केहीलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका छन् । कैदीबन्दीमध्ये धेरैजना आफैं स्वेच्छाले कारागार फर्किएको प्रवक्ता घिमिरेले जनाएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १२, आईतवार ०४:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP