मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

611
SHARES
पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा मौसम बदली हुने जनाएको छ । अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ भने अन्य प्रदेशमा आंशिक बदलीको अवस्था देखिएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ । अन्य पहाडी, हिमाली र तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ ।

कोशी र मधेस प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने बताइएको छ । सुदूरपश्चिम प्रदेशका उच्च भूभागका एक–दुई स्थानमा पनि वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज राति पनि कोशीसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली कायम रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

रातिको समयमा कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका उच्च भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २, शनिबार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP