मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनितीक हस्तक्षेपले गम्भिर दुर्घटना तर्फ नेपाली फुटबल

1K
SHARES
राजनितीक हस्तक्षेपले गम्भिर दुर्घटना तर्फ नेपाली फुटबल

काठमाडौं । नेपाली फुटबलमा राजनिीतिक हस्तक्षेपका कारण गम्भिर दुर्घटना तर्फ मोडिएको छ । एन्फाको साधारण सभा तय भए पछि राष्ट्रिय खेलकुद परिषद्ले निलम्बनको निर्ण गरे पछि सकट उत्पन्न भएको थियो ।

झापामा १३ चैतमा निर्धारित साधारण सह हुन सके पछि फिफाले प्रतिवन्धको चेतावनी दिदै पत्र लेखेको थियो । त्यसको जवाफमा परिषद्ले फिफा र एएफसीलाई पत्र लेखे पछि थप दवाव उत्पन्न भएको हो ।

एन्फाको साधारण सभाले सर्वसम्मत रूपमा पारित गरेको निर्वाचन समितिको क्षेत्राधिकारलाई समेत राखेपले पार गरेको जनाइएको छ । यो समिति साधारण सभाबाटै अनुमोदित भएको तथा फिफाको ’इन्टिग्रिटी चेक’ पार गरेका कारण यसलाई बेवास्ता गर्नु फिफाको समेत अपमान भएको धेरैको ठहर छ ।

एन्फा कार्यसमितिको मिति २०८१ चैत ११ र १२ गतेको बैठकले विधान बमोजिम निर्वाचन समिति र निर्वाचन पुनरावेदन समिति गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई एन्फाको सर्वोच्च निकाय साधारण सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको मात्र थियो । फुटबलमा स्सारमा सबै देशमा प्रचलित नियम नै यहि हो । संसारमा प्रचिलत फिफाको सबै सदस्य देशमा लागु हुने प्रचलन र शैली अनुसार भए पनि यसलाई गैर कानुनी दावा राखेपले गरेका कारण अन्तराष्ट्रिय निकाय कठोर हुने सम्भावान देखिएको हो । इन्टिग्रिटी चेक निर्णयमा विधानको अनुसूची–५ बमोजिम उनीहरूको इन्टिग्रिटी चेक जाँच गरिएको जनाइएको छ ।

अहिले निर्वाचन रोक्न पूर्व अध्यक्ष गणेश थापा र कर्मा छिरिङ शेर्पा निक लागी परेका छन् । थापा मत किनबेचको आरोपमा १० वर्ष प्रतिबन्ध रहे पछि फेरी फुटबलमा चासो देखाएका छन् । यसैगरी, शेर्पाको कार्यकालमा नेपालको अडिट रिपोर्ट फिफाले अस्विकार गरेको थियो । शेर्पाको कार्यकालमा लागेको आर्थिक नियन्त्रण नेम्बाङको कार्यकालमा पुरा भएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ३०, सोमबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP