मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एन्फा विवाद उत्कर्षमा: अवरोधका कारण बन्दै शेर्पा र थापा

845
SHARES
एन्फा विवाद उत्कर्षमा: अवरोधका कारण बन्दै शेर्पा र थापा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको आन्तरिक विवाद चर्किँदै जाँदा यसको प्रत्यक्ष असर नेपाली फुटबल गतिविधिमा देखिन थालेको छ । निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले पराजय स्वीकार गर्न नसकेको आरोप र पूर्व अध्यक्ष गणेश थापाको पुत्र मोहका कारण अवस्था झनै जटिल बनेको विश्लेषण गरिएको छ ।

२०७९ साल असारमा सम्पन्न एन्फाको साधारण सभाबाट पंकज विक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएपछि संस्थाभित्र दुई धार स्पष्ट रूपमा देखिएका छन् । नेम्बाङको नेतृत्वलाई चुनौती दिँदै आएको समूहले निरन्तर अवरोध सिर्जना गरेको आरोप लाग्दै आएको छ ।

नेम्बाङविरुद्ध दुई वर्षअघि अविश्वास प्रस्ताव ल्याइएको भए पनि साधारण सभाले त्यसलाई अस्वीकार गर्दै वर्तमान नेतृत्वप्रति समर्थन जनाएको थियो । यसले संस्थागत रूपमा नेम्बाङको पक्ष बलियो रहेको संकेत दिएको थियो ।

एन्फाको अडिट प्रतिवेदन यसअघि फिफाले अस्वीकार गर्दै नेपाललाई प्रतिबन्ध लगाएको थियो । तर नेम्बाङको कार्यकालमा सो समस्या समाधान भई प्रतिवेदन स्वीकार भएको दाबी गरिएको छ । यस्तै, एसियाली फुटबल महासंघले पनि नेम्बाङलाई कार्यकारी समितिमा चयन गरेको छ भने उनी फिफाको रिस्पोन्सिबिलिटी विभागका सदस्यसमेत रहेका छन् ।

लिग सञ्चालनमा विवाद
नेपालमा लामो समयदेखि सहिद स्मारक ‘ए’ डिभिजन लिग नियमित हुन नसकेको अवस्थामा राष्ट्रिय लिग भने सञ्चालनमा आएको छ । तर निर्वतमान अध्यक्ष शेर्पासँग सम्बन्धित हिमालयन शेर्पा क्लब उक्त प्रतियोगितामा सहभागी नभएको विषयले थप विवाद निम्त्याएको छ ।

यता, लामो समयदेखि लिग आयोजना नभएको भन्दै आवाज उठाउँदै आएको खेलाडी समूह र एन्फाबीच ३० चैतबाट लिग सुरु गर्ने सहमति भएपछि पनि नयाँ विवाद उत्पन्न भएको छ । सहमति भएलगत्तै केही समूह एन्फाविरुद्ध उत्रिएको देखिन्छ ।

यसअघि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वको समूहले ‘अर्ली इलेक्सन’को माग गर्दै आएको थियो । तर नेतृत्वले सो निर्णय गरेपछि समेत त्यसमा अवरोध सिर्जना गरिएको आरोप लाग्दै आएको छ ।

विगतका विवाद पनि जोडिँदै
एन्फा नेतृत्वको विरोधमा देखिएका गणेश थापा यसअघि आर्थिक अनियमितताका कारण फिफाबाट कारबाहीमा परेका थिए । उनले १० वर्षको प्रतिबन्ध भोगेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित रिपोर्टअनुसार सन् २०१० मा कतारमा विश्वकप आयोजनासँग सम्बन्धित मतदान प्रक्रियामा मत किनबेचमा संलग्नता देखिएको आरोपसमेत उनीमाथि लागेको थियो ।

यसैबीच कतारमा विश्वकप पूर्वाधार निर्माणका क्रममा ६ हजारभन्दा बढी आप्रवासी कामदारको ज्यान गएको अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले देखाएका छन्, जसले समग्र विश्व फुटबल प्रणालीमाथि नै प्रश्न उठाएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ४, बुधबार ०६:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP