मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

“न्यायका सबै ढोका ढकढक्याउनेछु” –रविपत्नी निकिता

3K
SHARES
“न्यायका सबै ढोका ढकढक्याउनेछु” –रविपत्नी निकिता

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखकको कार्यशैलीमाथि प्रश्न उठाउँदै न्यायालयमाथि प्रत्यक्ष हस्तक्षेप भइरहेको आरोप लगाएकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पौडेलले अदालतको आदेशसमेत गृहमन्त्रीको निर्देशनमा कार्यान्वयन रोकिएको उदाहरण दोहोरिँदै आएको बताइन् । उनका अनुसार, मुद्दा पेसीमा चढ्ने बित्तिकै न्यायिक परिषद्मा उजुरी पुग्ने, उजुरीको मस्यौदा गृहमन्त्रीकै कार्यकक्षमा तयार हुने र मिडियामा जानकारी फैलाउने आदेश त्यहीँबाट जाने क्रम जारी छ ।

“न्यायाधीशहरूलाई प्रधानमन्त्री, कानुनमन्त्री वा गृहमन्त्रीबाट प्रत्यक्ष फोन जाने कुरा पहिले विश्वास लाग्दैनथ्यो, तर अहिले आफैं देखेपछि स्वीकार्न बाध्य भएँ,” उनले लेखिन् ।

पौडेलले सरकारी पक्षले जवाफ नदिए पनि निर्णय प्रायः आफ्नो विपक्षमा आउने गरेको दाबी गरिन् । उनले बहस सकेर आदेश आउन अस्वाभाविक ढिलाइ हुने, ‘पेनड्राइभ’ डुल्ने र अन्य अनियमित गतिविधि देखिने गरेको उल्लेख गरिन् ।

श्रीमानलाई भेट्न कारागार जाँदा समेत ‘संगठनका मान्छे’ले निगरानी गर्ने गरेको गुनासो गर्दै पौडेलले प्रश्न गरिन्, “को रहन चाहन्छ यस्तो निगरानीयुक्त अन्यायी वातावरणमा ?”

उनले लामिछानेमाथिका सबै मुद्दा लेखक गृहमन्त्री बनेपछि मात्रै दर्ता भएको र कुनै पनि मुद्दा हदम्यादमा नभएको दाबी गरिन् । सर्वोच्च अदालतले उस्तै प्रकृतिका मुद्दामा धरौटीमा छोड्ने नजिर कायम गरिसक्दा पनि लामिछाने थुनामै राखिएको उनले औंल्याइन् ।

“न्यायका सबै ढोका ढकढक्याउनेछु,” पौडेलले चेतावनी दिँदै लेखिन्, “जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत बुटवल मात्र होइन, आवश्यक परे अन्तर्राष्ट्रिय अदालत पनि जानेछु ।”

प्रधान न्यायाधीशलाई सम्बोधन गर्दै उनले भनेकी छन्, “कार्यकाल सकिएपछि छापिने किताबले होइन, कार्यकालमै लेखिने आदेशले न्याय दिन्छ।”



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २८, बुधबार ०८:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP