मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ नेकपामा समाहित, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर

2.1K
SHARES
भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ नेकपामा समाहित, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर

काठमाडौं । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीम रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ ।

बुधबार राजधानीस्थित राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रममा नेकपा र रावल नेतृत्वको अभियानबीच एकता घोषणा गरिएको हो । कार्यक्रमलाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले संयुक्त रूपमा सम्बोधन गरेका थिए ।

यसअघि बिहान पेरिसडाँडास्थित नेकपाको मुख्यालयमा आयोजित कार्यक्रममा दुई पक्षबीच ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको थियो । उक्त सहमतिमा प्रचण्ड र नेपालले नेकपाका तर्फबाट तथा भीम रावलले अभियानका तर्फबाट हस्ताक्षर गरेका थिए ।

सहमति अनुसार, आगामी ६ महिनाभित्र राष्ट्रिय एकताको महाधिवेशन गर्ने, सामूहिक नेतृत्व प्रणालीलाई संस्थागत गर्ने र रावलको जिम्मेवारी चाँडै निर्धारण गर्ने उल्लेख गरिएको छ ।

नेकपाभित्र रावल छैटौं वरियतामा रहने बताइएको छ । पार्टीका वरिष्ठ नेताहरूका अनुसार रावल नारायणकाजी श्रेष्ठपछिका वरियतामा रहने छन् ।

माओवादी केन्द्र र पूर्व एमालेबीचको एकताबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँचजना पूर्व सचिवालय सदस्यहरू (प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) यसै पार्टीमा सक्रिय छन् । रावलको प्रवेशसँगै ती पाँच नेतालाई पछ्याउँदै उनी नयाँ नेतृत्व संरचनाको महत्वपूर्ण सदस्य बनेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २६, बुधबार ०९:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP