मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किए, सञ्चारकर्मीसँग संवाद नगरी सीधै बाहिरिए

2.1K
SHARES
प्रधानमन्त्री ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किए, सञ्चारकर्मीसँग संवाद नगरी सीधै बाहिरिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका छन् । उनी स्पेनको सेभिया शहरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएको सरकारी टोलीसहित स्वदेश फर्किएका हुन् ।

संयुक्त राष्ट्रसंघको आयोजनामा भएको ‘विकासको लागि वित्त (Financing for Development)’ शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन प्रधानमन्त्री ओली १४ असारमा त्यसतर्फ प्रस्थान गरेका थिए ।

भ्रमण टोलीमा विभिन्न मन्त्रालय र निकायका गरी २१ जना सहभागी थिए ।

सम्मेलनमा प्रधानमन्त्री ओलीले विकासशील मुलुकहरूको आर्थिक सशक्तीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । उनले जलवायु वित्त, ऋण सजिलो पहुँच, र वैदेशिक लगानीको प्रवाहलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले सम्मेलनका अतिरिक्त केही युरोपेली नेतासँग पनि छुट्टाछुट्टै भेटघाट गरेका थिए । भेटमा द्विपक्षीय सहयोग, व्यापारिक सम्बन्ध विस्तार र प्रविधि साझेदारीका विषयमा छलफल भएको जनाइएको छ ।

सञ्चारकर्मीसँग संवाद नगरी सीधै बाहिरिए
स्पेन भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संवाद नगरी सीधै बाहिरिएका छन् । विदेश भ्रमणबाट फर्किएपछि विमानस्थलमै पत्रकारहरूसँग कुराकानी गर्ने परम्परा रहे पनि यो पटक उनले त्यो अभ्यास दोहोराएनन् ।

प्रधानमन्त्रीको आगमनअघि नै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मिडिया कक्षमा उपस्थित भएर ओली पत्रकार भेटघाटमा सहभागी नहुने सूचना दिएका थिए । उक्त जानकारीपछि विमानस्थलमा उपस्थित सञ्चारकर्मीहरू बिना प्रतिक्रिया फर्कनुपरेको थियो ।

प्रधानमन्त्री ओली किन सञ्चारकर्मीसँग नबोलेका हुन् भन्ने विषयमा आधिकारिक कारण भने दिइएको छैन ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २०, शुक्रबार १२:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP