मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर साधारणतया बदली, केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना

2.6K
SHARES
देशभर साधारणतया बदली, केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेको छ, जसका कारण देशभर मौसममा बदली देखिएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहँदा बाँकी भूभागमा आंशिक बदली देखिएको छ । सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १७, मंगलवार ००:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP