मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टिकटकमा एसएसबी अधिकारीको विवादास्पद निर्देशनः नेपाली नेताहरूलाई सीमामै रोक्न आदेश !

3.7K
SHARES
टिकटकमा एसएसबी अधिकारीको विवादास्पद निर्देशनः नेपाली नेताहरूलाई सीमामै रोक्न आदेश !

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा भारतको सशस्त्र सीमा बल (एसएसबी) का एक अधिकारीले नेपाली शीर्ष नेताहरूलाई सीमामै रोक्न निर्देशन दिएको दाबी गरिएको भिडियो सार्वजनिक भएपछि व्यापक चर्चा सुरु भएको छ ।

‘ठाउँ डट खबर’ नामक टिकटक एकाउन्टमार्फत प्रसारित उक्त भिडियोमा एक एसएसबी अधिकारी आफ्ना जवानलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सीमाबाटै रोक्न आदेश दिइरहेको देखिन्छ ।

भिडियोमा उनले भनेका छन्, “प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामकृष्ण पौडेल र पुष्पकमल दाहाल आउने कोशिस गर्नेछन् । उनीहरूलाई चिन्नुपर्नेछ । उनीहरू नेपाली गाडी वा भारतीय गाडीमा पनि आउन सक्छन् । चिन्नुहोस् ।” उनले सो क्रममा नेपाली पक्षबाट आउने कुनै पनि यात्रुलाई बिना परिचयपत्र सीमा पार नगर्न पनि निर्देशन दिएको देखिन्छ ।

यसैबीच भिडियोमा उनले ती नेताहरूका तस्वीरहरू जवानलाई देखाइरहेको दृश्यसमेत समावेश छ । तर, उक्त भिडियो कहिले, कहाँ र कुन सन्दर्भमा खिचिएको हो भन्ने स्पष्ट भएको छैन । निर्देशन आधिकारिक हो वा व्यक्तिगत स्तरको भन्नेबारे पनि कुनै पुष्टि भएको छैन ।

यद्यपि उक्त भिडियो टिकटकमा सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताबीच यसले निकै चासो र बहस उत्पन्न गराएको छ । कतिपयले यसलाई असंवेदनशील टिप्पणी भन्दै आलोचना गरेका छन् भने केहीले यसको प्रामाणिकतामै प्रश्न उठाएका छन् ।

भिडियो स्रोतः टिकटक



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३१, मंगलवार ०५:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP