मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ग्वार्को फ्लाइओभरमा बस दुर्घटना, एक महिलाको मृत्यु, १८ जना घाइते

195
SHARES
ग्वार्को फ्लाइओभरमा बस दुर्घटना, एक महिलाको मृत्यु, १८ जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब १०स्१५ बजे ललितपुर महानगरपालिका–१७ स्थित ग्वार्को चोकको फ्लाइओभरको भित्तामा बा २ ख ३५९० नम्बरको मध्यपुर यातायातको बस ठोक्किएर पल्टिँदा दुर्घटना भएको हो । कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बस अनियन्त्रित भई फ्लाइओभरको भित्तामा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दोलखाकी ४० वर्षीया जेनिशा लामाको मृत्यु भएको छ । बसका चालक काभ्रेको तिमाल घर भई भक्तपुर मालपोत बस्ने ३६ वर्षीय लक्षी तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

दुर्घटनामा घाइते भएका १८ जनामध्ये ९ जनाको उपचार बिएन्डबी अस्पताल र बाँकी ९ जनाको ग्लोबल अस्पतालमा भइरहेको छ । बिएन्डबी अस्पतालमा उपचाररत रामेछापकी २३ वर्षीया सुन्निमा योन्जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बिएन्डबी अस्पतालमा उपचाररत अन्य घाइतेमा कञ्चनपुरका २४ वर्षीय तुल्सी धानुक, भक्तपुरकी ४० वर्षीया कविता कार्की, सिन्धुलीका ३३ वर्षीय धनकुमार ढोङ, भक्तपुरकी ३७ वर्षीया लक्ष्मी श्रेष्ठ, भक्तपुरकी २४ वर्षीया रशिला दुलाल, भक्तपुरका ६० वर्षीय कृष्णराम थापा (सहचालक), काभ्रेकी ४१ वर्षीया अमृता कार्की र ललितपुरकी ४० वर्षीया बिता केसी रहेका छन् ।

यस्तै, ग्लोबल अस्पतालमा दोलखाका २४ वर्षीय विवेक दाहाल, सिन्धुलीका १९ वर्षीय भगवती खत्री, भक्तपुरकी ४७ वर्षीया भगवती खत्री, भक्तपुरकी २८ वर्षीया जुनु सिल्पकार, ललितपुरकी ४९ वर्षीया तुल्सीदेवी खड्का, महोत्तरीकी २१ वर्षीया अन्जु साह, काठमाडौंका २७ वर्षीय आशुतोष श्रेष्ठ, सिन्धुपाल्चोकका ३६ वर्षीय स्तर देउजा र भारतका ४५ वर्षीय मोहम्मद समिम उपचाररत छन् ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २१, बिहीबार ०७:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP