मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकारले इलामलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्‍यो

2.5K
SHARES
सरकारले इलामलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्‍यो

काठमाडौं । हालैको भीषण वर्षा र पहिरोबाट ठूलो जनधनको क्षति बेहोरेको इलाम जिल्लालाई सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले इलाममा उत्पन्न परिस्थितिलाई गम्भीर मानवीय र भौतिक संकटका रूपमा व्याख्या गर्दै उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलका अनुसार, “स्थानीय प्रशासनको प्रतिवेदन र गृह मन्त्रालयको सिफारिसपछि मन्त्रिपरिषद्ले तत्कालका लागि संकट घोषणा गर्ने निर्णय लिएको हो ।”

लगातार परिरहेको वर्षा र त्यसपछि आएको बाढी–पहिरोले इलामका दर्जनौँ बस्ती विस्थापित भएका छन् । सडक, पुल, विद्यालय र स्वास्थ्य संस्था नष्ट हुँदा जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ । स्थानीय प्रशासनले अहिलेसम्म ३९ जनाको मृत्यु, दर्जनौँ हराइरहेका र सयौँ घरधुरी उच्च जोखिममा रहेको विवरण सार्वजनिक गरेको छ ।

विपद् संकटग्रस्त क्षेत्र घोषणा भएपछि अब इलाममा राहत, उद्धार र पुनर्निर्माणका लागि केन्द्र र प्रदेश दुवै तहका स्रोत परिचालन गर्न सहज हुने सरकारको भनाइ छ । मन्त्री खरेलले भने, “संकटको अवस्थालाई नियन्त्रणमा लिन र पीडित नागरिकको जीवन रक्षा गर्न सरकारले सबै संयन्त्र तत्काल सक्रिय गरेको छ ।”

स्थानीय प्रतिनिधिहरूले भने केन्द्र सरकारलाई थप राहत सामग्री, स्थायी बासस्थान पुनर्निर्माण योजना र मनोवैज्ञानिक सहायता कार्यक्रम तत्काल सुरु गर्न आग्रह गरेका छन् ।
इलामका विभिन्न क्षेत्र (देउमाई, माङसेबुङ, चुलाचुली र इलाम नगरपालिका) अहिले पनि असुरक्षित क्षेत्रको सूचीमा रहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २३, बिहीबार १२:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP