मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बसिरको धमाकेदार इनिङले विराटनगरको रोमाञ्चक विजय

3.2K
SHARES
बसिरको धमाकेदार इनिङले विराटनगरको रोमाञ्चक विजय

काठमान्डु । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन(२ मा शुक्रबार भएको दोस्रो खेलमा विराटनगरले अविश्वसनीय कमब्याकसहित कर्णाली याक्सलाई तीन विकेटले हराएको छ । बसिर अहमदले खेलको अन्तिम क्षणसम्म सम्हालिएको उत्कृष्ठ ब्याटिङ प्रदर्शनले विराटनगरलाई हारबाट निकाल्दै जित दिलाएका हुन् ।

पाँच ओभर ४ बलमा तेस्रो विकेट पतन भएपछि क्रिजमा आएका बसिरले दबाबको क्षणमै आक्रामक र जिम्मेवारीपूर्ण पारी खेले । उनले ४३ बलमा ३ चौका र ३ छक्का सहित अविजित ६२ रन बनाउँदै टिमलाई लक्ष्यसम्म पुर्‍याए । अन्तिम ओभरको पाँचौँ बलमा छक्का प्रहार गर्दै उनले रोमाञ्चक रूपमा खेल समाप्त गरे । विराटनगरले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर १६३ रन बनाउँदै लक्ष्य पार गर्‍यो ।

यस जितले विराटनगरले लगातार दोस्रो हार टारेको छ । यसअघिल्लो खेलमा उनीहरू चितवन राइनोजसँग पराजित भएको थियो । त्यसभन्दा अगाडि जनकपुर बोल्ट्स, काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गर्दै तीन खेलमा विजय दर्ता गरेको थियो ।

कर्णाली याक्सले भने सिजनका चार खेलमा दुई जित र तीन हारको सामना गरिसकेको छ । उसले सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग पराजित भए पनि लुम्बिनी लायन्सविरुद्ध जित निकालेको थियो ।

विराटनगरका लागि नारायण जोशीले २५ रन, सहिल पटेलले १९ रन र साम हिजलेटले १६ रनको योगदान दिए । अरू कुनै ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

बलिङ पक्षमा विराटनगर कमजोर देखिएको थियो । कर्णालीका प्रियांक पञ्चालले ६३ रनको शानदार इनिङ खेले भने विलियम बोसिस्टोले ४८ बलमा अविजित ४८ रन बनाए । यी दुईले दोस्रो विकेटका लागि ९६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । कर्णालीले तीन विकेटको क्षतिमा १६१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १२, शुक्रबार १४:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP