मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओखलढुंगाको भदौरेमा दम्पतीको विभत्स हत्या

2K
SHARES
ओखलढुंगाको भदौरेमा दम्पतीको विभत्स हत्या

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर ६ भदौरेमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । स्थानीयका अनुसार दुवै जनाको हत्या गरी शव लुकाइएको अवस्थामा भेटिएको हो ।

भदौरे निवासी शोभित थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरलाई हत्या गरिएको अवस्थामा फेला पारिएको वडा अध्यक्ष बलराम कटवालले जानकारी दिए । उनका अनुसार बिहान अबेरसम्म घरको पसल नखुलेपछि शंका लागी स्थानीयले खोजतलास गर्दा घर बाहिर रगत लतपतिएको देखिएको थियो ।

खोजीका क्रममा श्रीमान–श्रीमतीको हत्या पश्चात घर नजिकैको मतानमा घाँस थुपार्ने स्थानमा शव लुकाइएको अवस्थामा फेला परेको अध्यक्ष कटवालले बताए । घटनाको जानकारी पाउनासाथ निशंखे प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मी खटिएको छ ।

घटनाको कारण र संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस घटनासम्बन्धी थप विवरण आउन बाँकी छ ।

यसअघि पनि केही समयअघि सिद्धिचरण नगरपालिका वडा नम्बर ४ चार्खुमा एक महिलाको हत्या भएको थियो । उक्त घटनामा संलग्न हत्यारा अहिलेसम्म पहिचान हुन नसकेपछि पहाडी क्षेत्रमा लगातार भइरहेका यस्ता जघन्य अपराधले स्थानीयवासी त्रसित बनेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १५, मंगलवार ०६:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP