मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमानः केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

1.6K
SHARES
मौसम पूर्वानुमानः केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेको छ । यसको प्रभावले सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली छ भने, अन्य स्थानहरूमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानहरू तथा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हाल मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा
मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति पनि देशभर सामान्य बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा हुनसक्नेछ । साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा सावधानी अपनाउन सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २०, शुक्रबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP