मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको चेतावनी

2.4K
SHARES
देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । मनसुनको न्यून चापीय रेखा हाल पश्चिमतर्फ नेपालको तराई आसपास र पूर्वतर्फ तराईभन्दा केही दक्षिणतिर अवस्थित भएकाले आगामी २४ घण्टामा मनसुन पूर्वी भूभागभन्दा पश्चिमी नेपालमा बढी सक्रिय हुने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पूर्ण रूपमा बादल छाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशका केही भागमा पनि पानी परिरहेको छ ।

दिउँसोको मौसममा पनि अधिकांश स्थानमा बादल नै रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही ठाउँमा, साथै मधेश प्रदेशसहित बाँकी तराई भागका केही स्थानमा मध्यम वर्षा पर्न सक्ने देखिन्छ । यसबाहेक, सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

रातको समयमा पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भागका केही स्थानमा, तथा मधेशसहित अन्य पहाडी र तराई क्षेत्रमा मध्यम वर्षा हुने पूर्वानुमान छ । साथै, कोशीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने संभावना छ ।

विशेषगरी गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थान, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र, तथा कर्णालीका पहाडी भागका एक–दुई स्थानमा भारीदेखि अत्यधिक वर्षा हुन सक्ने भएकाले भू–क्षय, बाढी, पहिरो, गेग्रान बहाव तथा तराई र शहरी क्षेत्रमा डुबानको जोखिम रहेको चेतावनी दिइएको छ । ठूला–साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने, साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन र पछिल्लो मौसमी सूचना नियमित रूपमा लिन महाशाखाले सर्वसाधारण र सरोकारवाला निकायलाई आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २९, बिहीबार ०५:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP