मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इरान–अमेरिका तनाव घटाउने संकेत: ट्रम्पद्वारा आक्रमण योजना पाँच दिनका लागि स्थगित

1.4K
SHARES
इरान–अमेरिका तनाव घटाउने संकेत: ट्रम्पद्वारा आक्रमण योजना पाँच दिनका लागि स्थगित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग बढ्दो तनाव कम गर्ने उद्देश्यसहित प्रस्तावित सैन्य आक्रमणलाई अस्थायी रूपमा रोक्ने निर्णय गरेका छन् । आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उनले पछिल्ला दिनमा अमेरिका र इरानबीच भएको वार्ता सकारात्मक र फलदायी दिशामा अघि बढेको जानकारी दिएका हुन् ।

ट्रम्पका अनुसार इरानका पावर प्लान्ट तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै तयार गरिएको सैन्य कारबाही पाँच दिनका लागि स्थगित गरिएको छ । दुवै पक्षबीच भइरहेको गम्भीर र विस्तृत संवादलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको उनले स्पष्ट पारे ।

यसअघि ट्रम्पले ४८ घण्टाभित्र होर्मुज जलडमरु नखोलिए कडा सैन्य कदम चाल्ने चेतावनी दिएका थिए । जवाफमा इरानले पनि कुनै पनि आक्रमणको प्रतिकारस्वरूप पश्चिम एसियाका ऊर्जा केन्द्रहरू र संवेदनशील संरचनामा कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो, जसले अन्तर्राष्ट्रिय स्तरमै चिन्ता बढाएको थियो ।

हाल जारी वार्ता यसै हप्ताभरि चल्ने अपेक्षा गरिएको छ । उक्त वार्ताको नतिजाले आगामी रणनीति निर्धारण गर्ने ट्रम्पले बताएका छन् । दुई देशबीचको तनाव कम गरी स्थायी समाधानतर्फ जाने सम्भावना समेत यसबाट बढेको आँकलन गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ९, सोमबार १३:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP